२० कार्तिक २०८३, शुक्रबार

बिदा भए गरिबी निवारण कोषका ५७ जना कर्मचारी

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । गरिबी निवारण कोषमा लामो समयदेखि करारमा कार्यरत ५७ जना कर्मचारीलाई एकै पटक विदाई गरिएको छ ।

गरिबी निवारण कोषलाई पुनर्संरचना गर्ने वर्तमान सरकारको नीतिबमोजिम सबैलाई सोमबार एक समारोहकाबीच विदाई गरिएको हो ।

कोषका उपाध्यक्ष निर्मल भट्टराई र कार्यकारी निर्देशक नेपाल सरकारका सहसतिव छवि रिजालले सबैलाई कदरपत्र, मायाको चिनो र नेपाली खादा प्रदान गरी विदाई गरे ।

कार्यक्रममा उपाध्यक्ष भट्टराईले नयॉ राजनीतिक, आर्थिक र सामाजिक परिवेशमा गरिबी निवारणसँग सम्वन्धित समग्र कार्यक्रमको पुनर्संरचना गर्नु पर्ने भएकोले कोषको पुनर्संरचना थालिएको जानकारी दिए । बाहिर हल्ला भएजस्तो गरिबी निवारण कार्यक्रम बन्द भने नभएको र झन् प्रभावकारी ढंगले नयॉ स्वरुपमा सन्चालन हुने उनले बताए ।

विदाई हुने कर्मचारीको तर्फबाट सुनिल रिजाल र केशव ढुंगेलले कोषमा आफ्नो सेवा निरन्तर हुन नसके पनि कोषले गरिबलाई गरिरहेको सेवा निरन्तर रहोस् भन्ने शुभेक्षा व्यक्त गरे ।