२० कार्तिक २०८३, शुक्रबार

जीपको ठक्करबाट पैदलयात्रुको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


प्युठान, १६ पुस । प्युठान बिजुवार देखि बाग्दुलातर्फ कुखुराको चल्ला बोकेर जाँदै गरेको जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

प्युठान नगरपालिका–७ पुर्ण्यखोलामा से १ च २१७३ को जीपको ठक्करबाट लिपकोट निवासी ६३ बर्षीया ईश्वर बहादुर बिकको मृत्यु भएको प्युठान प्रहरी प्रमुख निर्मल बुढाथोकीले जानकारी दिए । उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा ज्यान गएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने जीप प्रहरी नियन्त्रणमा छ । न्यौपाने एग्रोभेट सेन्टर बाग्दुलाको चल्ला बोकेर बाग्दुलातर्फ जाँदै गरेको जीपले सडक किनारमा पैदल हिडिरहेका बिकलाई ठक्कर दिएको थियो ।

त्यस्तै, आज प्युठान नगरपालिका–७, बाग्दुला स्थित लाइफकेयर अस्पतालको पछाडी कुलामा एक युवक मृत अवस्थामा भेटिएका छन् । दाङ घोराही नगरपालिका १८ का २४ वर्षका अनिल चौधरी मृत अवस्थामा भेटिएका हुन् । चौधरी घर निर्माण कार्यमा लेबर काम गर्दै आएका थिए ।