२० कार्तिक २०८३, शुक्रबार

राजश्व छली गरी ल्याएको सामान सल्यानमा बरामद

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मीना बुढाथोकी

सल्यान, १६ पुस । सल्यानमा राजश्व छली गरी ल्याएको एक लाख पचास हजार बराबरको सामान प्रहरीले बरामद गरेको छ ।

जुम्लाबाट ४ जना घुमन्ते व्यापारीले राजश्व छली गरी अवैध रुपमा बिक्री गर्न ल्याएको सामान आइतबार शसस्त्र प्रहरीले बरामद गरेको हो ।

जिल्लाको शारदा नगरपालिका २ खलंगामा घुमन्ते ब्यापारीले अबैध रुपमा बिक्री गर्न ल्याउदै गरेकोे सामान बरामद गरिएको सशस्त्र प्रहरी बल सल्यानका प्रमुख डियसपी विमल डाँँगीले जनकारी दिए ।

दाङ तुलसीपुरबाट सल्यान खंलगातर्फ आउदै गरेको गाडीमा राजश्व छली गरी बिक्री गर्न ल्याउदै गरेको सामान चेकजाँचका क्रममा फेला परेको थियो ।

सशस्त्र प्रहरी चेक प्वाईन्ट बाटै बरामद गरिएको शसस्त्र प्रहरी प्रमुख डागीले बताए ।