
प्युठान, १३ पुस । प्युठानमा खेतमा पानी हाल्न गएका एक युवा मृत भेटिएका छन् ।
जिल्लाको गौमुखी गाउँपालिका‐६ लिवाङका स्थानीय
अन्दाजी १७ वर्षका गणेश घर्ती खेत नजिकै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । मृत शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
बुधबार विहान ९ बजे खेतमा पानी हाल्न भनि हिडेका उनी साँझसम्म घर नफर्केपछि परिवारले खोजखबर गर्दा बिहिवार राती साढे एघार बजे खेतमा उनको शव भेटिएको थियो ।
घटनास्थल नजिक कोदालो भेटिएकाले उनको हत्या गरिएको हुन सक्ने भन्दै प्रहरीले आवाश्यक अनुसन्धान प्रक्रिया सुरु गरेको छ । मृतकको टाउकोमा गहिरो चोट भएकोले कोदालोले हानेर मारेको आशंका गरिएको प्रहरी प्रमुख निर्मल बुढाथोकीले बताए ।
शवलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल विजुवार पु¥याएएको छ ।












प्रतिक्रिया