
विराटनगर, १२ पुस । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं. १ मा विपद् व्यवस्थापनको काम प्रभावकारी र नमुना ढङ्गले सञ्चालन हुने बताएका छन् ।
बिहीबार विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी आयोजित कार्यक्रममा उनले विपद् व्यवस्थापनमा बिगतका सरकारले ठोस ढंगले पूर्व तयारी नगरेका कारण प्रशस्त जनधनको क्षति भएको बताए ।
मुख्यमन्त्री राईले प्रदेश सरकारले विपद जोखिम न्यूनीकरणको काम कामचलाउ ढंगले नभई प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्ने धारणा राखे ।
प्रदेश सरकारको नीति, संरचना र योजना विपद् जोखिम न्यूनीकरणमैंत्री भएको बताउँदै उनले विकास र समृद्धिको कुरा गर्दा विपद जोखिमलाई पनि न्यूनीकरण गर्ने तर्फ विशेष ध्यान दिनु पर्ने आवश्यकता औंल्याए ।
उनले विपद् जोखिम न्यूनीकरण अभियानलाई सफल पार्न सबै नागरिकलाई साथमा लिएर अगाडि बढ्नु पर्ने धारणा राखे ।












प्रतिक्रिया