२० कार्तिक २०८३, शुक्रबार

नवलपुर लागूऔषधको ट्रान्जिट बन्दै, ५ महिनामा ४८ जना पक्राउ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बिजय चालिसे
कावासोती, ९ पुस । भारतसँग सिमाना जोडिएको जिल्ला नवलपुर लागूऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले सोमवार आयोजित पत्रकार सम्मेलनमा भारतसँग सिमाना जोडिएका खुला नाकाबाट लागूऔषध ओसार पसार भएको अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।

प्रहरी प्रमुख थापाले चालु आर्थिक बर्ष २०७५र०७६ को साउनदेखि पुस ९ गतेसम्म ५ महिनाको अवधिमा लागूऔषध कारोबारमा सम्लग्न ४८ जना पक्राउ परको बताए । थापाले उनीहरुका साथबाट डाइजेपाम ८ सय ८४ एम्पुल, फेनारगन ९ सय १ एम्पुल, नुफिन ७ सय ९४ एम्पुल, टालजेसिक ९४ एम्पुल, नाइट्रोसन २ सय २० ट्यावलेट, नाइट्रोभ्याट २ हजार ५ सय ट्यावलेट, स्पास्मो ४ सय २६ ट्यावलेट, फेन्सेडिल २ सय बोतल र गाँजा ७ सय ४० ग्राम लागुऔषध बरामद भएको जानकारी दिए ।

प्रहरीको गस्ती र चेकजाँचका क्रममा आगूऔषध ओसारपसारमा पक्राउ पर्ने गरेको बताउँदै प्रमुख थापाले भैरहवा, महेशपुरको ठुटीवारी र त्रिबेणीको भैसालोटन लगायतका स्थानीय खुल्ला सिमानाकाबाट लागु औषध भित्रिने गरेको बताए । जहाँ प्रहरीको उपस्थिति कम रहेको र सुरक्षा जाँचको ग्याप रहेको ठाउ छ त्यहाँबाट ओसार पसारमा सक्रिय भइ आगूऔषध भित्रिए पनि बिभिन्न ठाउँमा पुर्याउन प्रयोग हुने बाटो पूर्व पश्चिम राजमार्ग भएकाले लागु औषध ओसार पसार क्रियाकलापमा संलग्नलाई समात्न सफल हुने उनले जानकारी दिए ।

पत्रकार भेटघाट कार्यक्रममा आइतवार मध्यबिन्दु नगरपालिका ७ बाट पक्राउ परेका लम्जुङ जिल्ला बेशीशहर नगरपालिका ८ का २० बर्षिय सुब्वा गुरुङ, काभ्रेपलाञ्चोक मन्दन गाउँपालिका ४ का २१ वर्षीय सागर ढकाल र खोटाङ जिल्ला माग्पा गाउँपालिका ५ का बर्ष २१ का बिनोद राइलाई अदालतबाट म्याद थप गराई अनुसन्धान अगाडी बढाइएको जानकारी दिए ।

लमजुङका सुब्बा गुरुङबाट नुफिन ५१ एम्पुल, फेनारगन ६१ एम्पुल, डाइजापाम ५९ एम्पुल र प्रयोग भईसकेको सिरिन्ज एक थान बरामद भएको छ । उनी पश्चिमवाट पुर्ब तर्फ आउँदै गरेको लु २ ख २६६७ नक्वरको वसमा सवार थिए । त्यस्तै सागर ढकाल र बिनोद राइको साथबाट नुफिन ९ एम्पुल, फेनारगन ९ एम्पुल, डाइजापाम ९ एम्पुल र नाइट्राभेट १० लेखिएको ३ सय ११ ट्यावलेट फेला परेको हो । उनीहरु पनि पश्चिमवाट पुर्ब तर्फ आउँदै गरेको ना ५ ख ७६३३ नक्वरको वसमा सवार रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । थापाका अनुसार लागू औसध कारिबारमा सम्लग्न अधिकाम्स नवलपुर बाहिरका रहेका छन ।

चालु आर्थिक बर्षको मंसीर मसान्तसम्म जम्मा २३ वटा लागु औषधका मुद्धा दर्ता भएकोमा ११ वटा पर्छौट भएको र १२ वटा अनुसन्धानमै रहेको बताइएको छ ।