२० कार्तिक २०८३, शुक्रबार

बन्द हुने अवस्थामा भक्तपुरको कोरिया–नेपाल मैंत्री अस्पताल

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ८ पुष । जनप्रतिनिधि आएपछि मध्यपुरथिमी नगरपालिकाद्धारा सञ्चालित कोरिया मैंत्री अस्पताल बन्द हुने अवस्थामा पुगेको छ ।

नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नै मनोमानी गरेपछि अस्पतालमा बेथिति भित्रिएको हो । बेथितिले अस्पताल आफंै थला परेको अस्पतालका कर्मचारीले गुनासो गरेका छन् । काँग्रेसका नेताहरुसँग मिलेमतो गरेर मेयर श्रेष्ठले अस्पतालमा मनोमानी गर्दा तीन महिनादेखि डाक्टरले तलब समेत खान नपाएको गुनासो गरेका छन् ।

मन्त्रालय एवं स्वास्थ्य सेवा विभागमा अहिलेसम्म पनि कोरिया–नेपाल मैंत्री अस्पतालको नाम रहे पनि मेयरले काम गरेको देखाउन नेपाल–कोरिया मैंत्री नगरपालिका अस्पतालको नाम राखेर बोर्डसमेत बनाएर राखे । लेटरप्याडसमेत त्यही बन्यो तर गुणस्तरमा भने सुधार आएन ।

बेथितिका कारण अन्य निकायबाट आउने सहयोग र स्थानीय विकास मन्त्रालयबाट आउने बार्षिक बजेटसमेत रोकिएको छ । मन्त्रालयले जनप्रतिनिधि आएपछि बजेट पठाउनै छाडेको कर्मचारीको भनाई छ ।

मेयर मदन सुन्दरले आफ्ना नातेदार पर्ने पाटन अस्पतालका आईसियू इन्चार्ज रहेका ज्ञानकृष्ण कायस्थलाई अस्पतालको कार्यकारी निर्देशक नै बनाएर आर्थिक कारोबारको गर्ने गरी चेकमा हस्ताक्षर गर्न अधिकार दिएपछि अस्पतालमा व्यापक भ्रष्टाचार भएको रहस्य बाहिर आएको छ । अस्पतालमा हप्तामा एक वा दुई दिन केही घण्टाका लागि आउने कायस्थ अस्पतालमा कार्यकारी भएरै छिरेपछि काठमाण्र्डौ युनिभर्सिटी धुलिखेलमा भ्रष्टाचार गरेर लखेटिएर पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान (कलेज) मा प्रशासन प्रमुखका रुपमा रहेका प्रकाश खड्कालाई कायस्थले भित्र्याएका हुन् ।

आंशिक समयका लागि काम गर्ने उनलाई कायस्थले पूर्णकालीका लागि नियुक्त गरेका हुन् ।

काग्रेसका खड्का मार्फत मिलिजुली भ्रष्टाचार गरेको आरो अख्तियारको दुरुपयोग गर्दै एकमुष्ट मासिक २० हजारका दरले एकवर्षको एकैपटक २ लाख ४० हजार रुपैया भ्याट बाहेक बुझेर लगेका पाईएको छ ।

अस्पतालमा कार्यरत पुराना र बि फर्मा गरेको दुईजनालाई तल राखेर तीन महिने फार्मेसी तालिम लिएका भुवनलाई इन्चार्ज बनाए पछि फार्मेसीमा डाक्टर भएकाहरुले अपमान भएको महसुस गरेको कर्मचारी बताउछन् । कायस्थले भुवनलाई मासिक ३५ हजार र ओमलाई मासिक ४५ हजार तलब खुवाएको नियुक्ती मात्रै दिलाएनन् कायस्थले अस्पतालमा अनावश्यक कर्मचारी पनि थपेका छन् ।

उनी आएपछि मात्रै अफिस असिस्टेण्ड १४ जना, ल्याबमा र डाक्टर गरेर १०० भन्दा बढी कर्मचारी करारमा भर्ना गरेका छन् । १०० कर्मचारी रहेको अस्पतालमा अहिले २०० भन्दा बढी कर्मचारी पुगिसकेको कर्मचारीले बताए ।

अस्पतालमा अहिले कन्सल्टेण्ड डाक्टर मात्रै ५१ जना भन्दा बढी छन् । हरेक साता कर्मचारी थप्ने गरेको गुनासो छ । लेखा र स्टोरमा समेत कर्मचारी थपिएको छ । कर्मचारीका अनुसार कोरियाले प्रोजेक्ट नै छोड्यो भने मन्त्रालयबाट हरेक वर्ष आउने गरेको ३५ देखि ४५ लाख पनि आउन बन्द भयो ।