
–बिजय चालिसे
कावासोती, ६ पुष । नवलपुरमा दैनिक जसो सवारी दुर्घटना भैरहेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनय त्रिवेणी–१ अन्तर्गत अरुणखोला र दुम्किबास जंगलको बीच भागमा मोटरसाईकलले कारलाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
पूर्बबाट पश्चिमतर्फ जाँदै गरेको बा १५ च ६९७६ नम्बरको कारलाई सोही दिशातर्फ जाँदै गरेको लु ३१ प ५०७५ नम्बरको मोटरसाईकलले पछाडीबाट ठक्कर दिँदा मोटरसाईकल चालक पाल्पा तिनहु गाँउपालिका–२, दोबाहनका १८ वर्षीय आकाश गिरिको मृत्यु भएको हो ।
गिरीको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा घाईते भएका मोटरसाईकलमा सवार सोही ठाउँका १९ वर्षीय सन्दीप घर्ती मगरको पुरानो मेडिकल कलेज भरतपुरमै उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यसअघि हिजो बिहानपनि यात्रुबाहक बस पल्टिँदा १ जनाको ज्यान गएको थियो भने मंगलबार पनि यात्रुवाहक बसले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो ।












प्रतिक्रिया