
दाङ, ६ पुष । दाङमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । राप्ती प्राविधिक शिक्षालयका विद्यार्थीको अवलोकन भ्रमणबाट फर्कँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर उप–महानगरपालिका ३ राम्रीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बसमा ९ जना महिला र २१ जना पुरुष रहेका थिए । दुर्घटनामा घाईते भएकाहरुको उपचार भईरहेको छ । मृतकको सनाखत हुन भने बाँकी रहेको छ ।
बस सडकबाट ७ सय मिटर तल खसेको थियो । उद्दारका लागि अहिले प्रहरी टोली खटिएको छ ।












प्रतिक्रिया