
काठमाडौँ, ५ पुस । इन्टरनेट सेवा प्रदायक एशोसियसनले आउँदो १५ गतेदेखि १५ प्रतिशत अतिरिक्त शुल्क लिने निर्णय गरेको छ ।
सूचना प्रविधि, तथा सञ्चारमन्त्रीको रोहबरमा मूल्य समायोजन गर्ने सम्झौता भएपनि अहिलेसम्म सरकारी निकायको तर्फबाट कार्यान्वयन नभएको भन्दै एशोसियसनले अतिरिक्त शुल्क लिने निर्णय गरेको हो ।
सरकारले जनतालाई सहज रुपमा इन्टरनेट सेवा दिने नीति अख्तियार गरेपनि आफूलाई आर्थिक भार पर्नेगरि निर्णय गरिएको सेवाप्रदायकहरुको गुनासो छ ।
साथै नेपाल विद्युत प्राधिकरणले पनि नेटवर्क प्रयोग गरेवापत पाँच गुणाभन्दा धेरै भाडा वृद्धि गरि आफूलाई थप अन्याय गरेको, हतोत्साहित बनाएको एशोसियसनल अध्यक्ष भोजराज भट्टले बताए ।
एशोसियसनले आफूहरुले गरेका निर्णयको सञ्चारमन्त्री जानकारी गराइसकेको छ ।












प्रतिक्रिया