२८ आश्विन २०८३, बुधबार

कोरियाका राजदूत कमानसिंहको आतंक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kaman-singh-lama-1

काठमाडौं । भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनमा परेका एक राजदूतको असभ्य व्यवहारबाट परराष्ट्र मन्त्रालयका कर्मचारीहरू आतंकित भएका छन् । कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले मन्त्रालयका कर्मचारीलाई धम्कीपूर्ण भाषा प्रयोग गरेका हुन् ।

आफू भाडाको घरमा नबस्ने भन्दै दुतावासका लागि घर किन्नुपर्ने भन्दै उनले पैसा मागेका थिए । तर बजेट नभएपछि मन्त्रालयले बजेट दिन सकेन । आफूलाई बजेट नदिएको भन्दै राजदूत लामाले मन्त्रालयका सहसचिवहरूलाई धम्काएका हुन् । ‘तिमीहरूलाई भोली सचिव र राजदूत बन्नु छैन ’ भन्दै उनले धम्काएको मन्त्रालयका एक कर्मचारीले बताए । आफू माओवादीको ठुलो नेता भएकाले जसरी पनि बजेट दिनुपर्ने नत्र आफूले जे पनि गर्न सक्ने भन्दै उनले धम्काएको थिए । कुटनीतिक क पनि थाहा नभएका व्यक्तिलाई राजनीतिक नियुक्तिको आधारमा राजदूत बनाउदा त्यस्तो व्यवहार सहनुपरेको मन्त्रालयका कर्मचारीहरू बताउँछन् ।

कोरियामा कामदार ओसारेको तथा व्यापार गरेको आरोपमा उनीमाथि गत वर्षदेखि नै मन्त्रालयले छानबिन गर्दै आएको छ । पछिल्लो समय अख्तियारले समेत उनीमाथि छानबिन गर्दै आएको छ । हजारौं नेपाली रहेको दक्षिण कोरियामा नेपाली कामदारको पक्षमा उनले कुनै काम गर्न सकेका छैनन् बरु नेपाली कामदारलाई हेपेर अन्र्तवार्ता दिएको विषयमा उनी विवादमा तानिएका थिए ।

माओवादीको कोटाबाट नियुक्त भएका चार राजदूतहरू अहिले पनि पदमै छन् । माओवादीकै कोटबाट चीनमा महेश मास्के छन् । त्यस्तै रसिया र डेनामार्कका राजदूत पनि माओवादीकै कोटामा नियुक्त भएका हुन् । हाल १६ देशमा राजदूत पद रिक्तछन् । माओवादीकै पहिले नै रहेकाले उसले खासै चासो दिएको छैन । १६ मध्ये ६ जना परराष्ट्र सेवाबाट तथा बाकी १० जना राजनीतिक तहबाट राजदूत नियुक्तिको गृहकार्य सरकारले गरिरहेको छ ।