
काठमाडौँ, ३ पसु । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
विमानस्थल प्रहरीले ५ सय १२ ग्राम सुनसहित चितवनको भरतपुर महानगरपालिकाका ३२ वर्षीय अमित घिसिङलाई पक्राउ गरेको हो ।
उनी कतार एयरवेयजको फ्याइट नं. क्यूआर ६४८ बाट काठमाडौं ओर्लिएका थिए । उनको साबाट सुनको ४ थान विस्कुट र एउटा बाला बरामद भएको विमानस्थल प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
पक्राउ परेका घिसिङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-४ सुकेधारा निलोपुलबाट सोही ठाउँ बस्ने गोरखाका २० वर्षीय समिर कोइरालालाई युरोपियन गोल्ड १ केजी लेखेको नक्कली पहेलो धातु सहित सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो । धातु ठगी गर्ने उद्देश्यले राखेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया