२० कार्तिक २०८३, शुक्रबार

तीन किलो चरेससहित एयरपोर्टबाट विदेशी नागरिक पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो लागूऔषध चरेससहित विदेशी नागरिक पक्राउ परेका छन् ।

थाई एयरको उडानद्वारा बैंकक जान लागेका राहदानी नम्बर एजी ७५१८९० बाहक क्यानेडियन नागरिक ६१ वर्षीय टेनिडेनिस लिगलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनले हेण्डब्यागमा लुकाइछिपाई चरेस लिन लागेको अवस्थामा पक्राउ गरि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर लगि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका रानीवारीबाट लागूऔषध कोकीन ४ ग्राम, लागूऔषध चरेस १ किलो, लागूऔषध वेचविखन गर्ने तराजु, जेएसडी ३.५ पिस र एमडीएमए १.७ ग्राम सहित तीन जना पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ यटखा बस्ने २८ वर्षिय आशिषमान श्रेष्ठ, काठमाडौं गोंगवु बस्ने २८ वर्षीय सनि महर्जन र काठमाडौं लाजिम्पाट बस्ने भारत मुम्बई महाराष्ट्र घर भएका राजिव रामेश्वर लुथरा रहेका छन् ।

यसैगरी, दाङ तुलसीपुर उपमहानगरपालिका–५ न्युरोड घर भई टरीगाउँमा होटल गरी बस्ने ४० वर्षीया शान्ता गिरीलाई अवैध लागूऔषध खैरो हेरोइन ६ सय मिलीग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।