
काठमाडौँ, १ पुस । प्रहरी प्रधान कार्यालयले ३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको काज सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार नुवाकोटको प्रहरी प्रमुखमा कृष्णबहादुर पल्लीमगरलाई पठाईएको छ । पल्लिमगर यसअघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा कार्यरत थिए ।
नुवाकोटका एसपी वसन्त कुँवरलाई महानगरीय प्रहरी कार्यालयमा सरुवा गरिएको छ भने महानगरीय प्रहरी कार्यालयमा कार्यरत रविन्द्र केसीलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा काज सरुवा गरिएको छ ।












प्रतिक्रिया