९ कार्तिक २०८३, सोमबार

के-के कुरामा सम्झौता गर्दैन एमाले ? यस्तो छ एमाले महासचिव पोखरेलको अडान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishwar-Pokhrel

सुनसरी, १७ माघ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले शनिबार सुनसरीमा आफ्नो पार्टीको बटमलाइन प्रष्ट पार्नुभएको छ ।

सुनसरीको धरानमा प्रेस चौतारी सुनसरीले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले समाजको विभेदको पक्षपोषण र सामाजिक सद्भाव खल्बलिने कुरामा आफ्नो पार्टीले कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । जातीय र सामाजिक बिखण्डन नस्वीकार्ने एमालेको बटमलाइन भएको पोखरेलले स्पष्ट पार्नुभयो ।

महासचिव पोखरेलले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण माघ ८ गते संविधान जारी हुन नसकेको बताउनुभयो । जनमतलाई नमान्ने हो भने एमाओवादी छिट्टै मूलधारको राजनीतिबाट सकिएर जाने पोखरेलको चेतावनी छ ।

संविधान निर्माण प्रक्रिया छाडेर आन्दोलन थालेको एमाओवादी जनताबाट विस्थापित हुने दाबी गर्नुभएको हो । उहाँले भन्नुभयो –‘सच्चिएर आऊन, सच्चिएर आउँदैनन् भने सकिन्छन् ।’

संविधान बनाउँदा आफूहरु स्पष्ट रुपमा दुईवटा विषयबाहेक सबै विषयमा लचक हुन तयार रहेको उहाँले बताउनुभयो ।

एमाओवादीको छाप लागेको संविधान बन्न नसक्ने भएपछि संविधानसभा घाँडो भएको तर्क गर्दै उहाँले भन्नुभयो, ‘माओवादीलाई अहिले संविधानसभा टोक्नु न बोक्नु भएको छ । अनेक अड्को थापेर संविधानसभा भंग गर्ने, संविधान जारी नगर्ने र गोलमेच बनाउने भन्दै हिडिरहेको छ, त्यो सम्भव छैन।’