२० कार्तिक २०८३, शुक्रबार

नेकपा स्थायी समिति बैठक धुम्बाराहीमा शुरु

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक पार्टी मुख्यालय धुम्बाराहीमा शुरु भएको छ । पार्टीको तल्लो तह एकताको मापदण्ड र सरकारको कामकारबाहीका विषयमा शनिबारको स्थायी समिति बैठकमा छलफल हुने नेकपाले जनाएको छ ।

यसअघि शनिबार नै बालुवाटारमा सचिवालय बैठक बसेको थियो । एजेन्डा तय गर्न बसेको भनिएको सो बैठक लगत्तै नेताहरु पार्टी मुख्यालय पुगेका हुन् ।

शनिबारको बैठकले एकता प्रक्रियाको विधि प्रक्रिया र मापदण्ड तय गर्नुका साथै यसअघि सचिवालय बैठकले गरेका निर्णयहरू अनुमोदन गर्ने नेकपाले स्रोतले जनाएको छ ।