२० कार्तिक २०८३, शुक्रबार

नुवाकोटमा मिनिट्रक दुर्घटनाबाट १६ जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । नुवाकोटमा मिनिट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका अन्तर्गत शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटनामा परेको हो ।

तामाङ समुदायको साँस्कृतिक पर्व मनाएर फर्किदै गरेकाहरु सो ट्रकमा सवार रहेका प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते ५ जनालाई उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । डीएसपी भीमलाल भट्टराईका अनुसार दुर्घटनामा १६ जनाको शव फेला पारेको तर मृत्यु हुनेको संख्या बढ्न सक्ने जानकारी दिए ।