२० कार्तिक २०८३, शुक्रबार

मृगौला पीडित राममायालाई रानाभाट र भाट समाजको सहयोग

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कावासोती, २७ मंसिर । दुवै मृगौला फेल भई उपचारगराईरहेकी गैंडाकोट निवासी राममाया रानाभाटलाई रानाभाट तथा भाट समाज नेपाल कावासोती नगरसमितिले आर्थिक सहयोग गरेको छ ।

विगत ३ महिनादेखि उपचारार्थ रानाभाटलाई जिल्लाका बरिष्ठ उपाध्यक्ष सन्त रानाभाटको संयोजकत्वमा कावासोती नगरकमिटिका अध्यक्ष सम्मर रानाभाटको सक्रियतामा ९ हजार ८ सय रुपैया नगर संकलन गरी बिहीबार हस्तान्तरण गरिएको हो ।

कावासोती युथ परिचालक कमिटीका अध्यक्ष बेटटु रानाभाट, देबचुली युथ कमिटीका अध्यक्ष प्रविन रानाभाट र सचिव राजु रानाभाटसहितको उपस्थितिमा बिहीबार उनलाई सो रकम हस्तान्रण गरिएको हो ।

यस्तै रानाभाटलाई कतारमा रहेका रानाभाटहरुले पनि आर्थिक सहयोग गरेका छन् । रुक रानाभाटको सक्रियतामा कतारमा संकलन भएको ३० हजार नगद सहयोग गरेका हुन् ।

नगद सहयोग गर्दै रानाभाटको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।