२० कार्तिक २०८३, शुक्रबार

गैंडाको आक्रमणबाट एक महिला गम्भीर घाईते

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कावासोती, २२ मंसिर । नवलपुरको देवचुलीनगरपालिकामा गैंडाको आक्रमणबाट एक महिला गम्भीर घाईते भएकी छन् ।

शनिबार गैंडाको आक्रमणबाट देवचुली १ केउरेनी बस्ने करिब ५० वर्षकी सीता लम्साल गम्भीर घाईते भएकी हुन् । दिउँसो २ बजे तिर दिव्य सामुदायिक मध्यवर्ती वनमा घाँस काट्न गएकी लम्साललाई गैंडाले आक्रमण गरेको थियो ।

घाईतेलाई उनलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको ईलाका प्रहरी कार्यालय रजहरले जानकारी दिएको छ ।