२० कार्तिक २०८३, शुक्रबार

पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग संहितासम्बन्धी कार्यक्रम सम्पन्न

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । नेपाल पत्रकार महासंघ, डिजिटल मिडिया समितिको आयोजना र सेन्टर फर मिडिया रिसर्चको सहकार्यमा पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग संहिता निर्माण सम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ ।

कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष एवम् प्रमुख अतिथि विपुल पोखरेलले पत्रकारले सामाजिक सञ्जालमा राख्ने निजी विचारले पत्रकारले लेख्ने समाचारको विश्वासनीयतामा प्रभाव पार्ने भन्दै पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी संहिता आवश्यक रहेको बताए ।

पत्रकार महासंघका सचिव तथा सामाजिक सञ्जाल सञ्चालन संहिता निर्माण कार्यदलका संयोजक प्रकाश थापाले पत्रकारहरुले सामाजिक सञ्जालमा कसरी प्रस्तुत हुने भन्ने विषयका लागि पनि संहिता आवश्यक देखिएकोले महासंघका सदस्यहरुलाई लक्षित गरेर सामाजिक सञ्जाल सञ्चालन संहिता बनाउन लागिएको बताए ।

महासंघका सचिव रामप्रसाद दाहालले पत्रकारितालाई स्वच्छ र मर्यादित बनाउनका लागि सामाजिक सञ्जाल संहिता आवश्यक रहेको बताए ।

सेन्टर फर मिडिया रिसर्च सेन्टरका कार्यकारी निर्देशक उज्ज्वल आचार्यले पत्रकारिताको धर्म निर्वाह गर्न पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी संहिता आवश्यक रहेको धारणा राखे । अधिवक्ता एवम् इन्टरनेट गर्भनेन्स इन्स्चियुटका प्रमुख कार्यकारी अधिकृत बाबुराम अर्यालले समग्र पत्रकारिता जगतको नियमनका लागि समेत यो संहिता निमाण गर्न आवश्यक रहेको जानकारी दिए ।

अनलाईन पत्रकार संघका अध्यक्ष शिव सत्यालले पत्रकारले सामाजिक सञ्जालमा राख्ने अभिव्यक्तिसंग उसले लेख्ने समाचार तुलना गरिनेहुदा पत्रकारहरुले सामाजिक सञ्जालमा आफ्ना गतिविधि राख्नु भन्दा अगाडि सोच्नु पर्ने धारणा राखे ।