२० कार्तिक २०८३, शुक्रबार

भवन निमार्णपछि विद्यार्थीको संख्या दोब्वर

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु (चन्द्रौटा), १९ मंसिर । कपिलवस्तुको एक विद्यालयमा भवनको अभावका कारण विद्यार्थीहरु विद्यालयमा नआउने गरेको पाइएको छ । शिवराज नगरपालिका–१० शितलापुरमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पछिल्लो समयमा शिक्षा सुधार आएको छ ।

विद्यालयको भवन नहुँदा विद्यार्थीको संख्या अहिलेको तुलनामा आधा भन्दा कम रहेको थियो । कक्षा १ देखि ५ सम्म संचालन हुने विद्यालयमा अध्ययनको लागि भवन नहुँदा विद्यार्थीको संख्या न्यून रहेको बताइएको छ ।

विद्यार्थीहरुलाई पठनपाठनको लागि भवन नहुँदा बालविकास कक्षा बालबालिकालाई समस्या परेको थियो । शिवराज नगरपालिका र सनसाईन समाजिक संस्थाको लगानीमा करिव ११ लाखको लगानी भवन निर्माण गरिएको छ । भवन निर्माणपछि विद्यार्थीको संख्या दोब्बर भएको विद्यालयले जनाएको छ ।

२०१७ सालमा स्थापना भएको विद्यालय भौतिक संरचनाविहिन रहेको थियो । विद्यार्थीहरु दिनप्रतिदिन संख्या घट्दै भएपछि जिल्ला शिक्षा कार्यलय मार्फत २०७२ सालमा कमल पौडेललाई प्रअको रुपमा विद्यालय पठाएको जनाइएको छ । विद्यालयको शैक्षिक अवस्था कमोजर भएपछि समिति सहितको टोलीले नगरपालिका लगायत अन्य निकाय कक्षा कोठा व्यवस्थापनको लागि सहगोग माग गरि केहि कोठा व्यवस्थापन गरेको प्रअ पौडेलले बताए । मधेशी समुदायको बाहूल्यता रहेको त्यो ठाउँमा विद्यार्थीको संख्या एक त कम त्यसमा पनि पठनपाठनको लागि कक्षा कोठा नै नहुनु समस्याको विषय रहेको पौडेलले जनाए ।

विद्यालयमा अहिले करिब ३ सय जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । कक्षा कोठा नहुँदा विद्यार्थीहरुको संख्या घटेर १ सय ७० पुगेको प्रध्यानाध्यापक कमल पौडेलले बताए । विद्यार्थीहरु अहिले ९० प्रतिशत भन्दा धेरै उपस्थिति हुने गरेको विद्यालयले जनाएको छ । बुधवार शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी सहितको टोलीले विद्यालयको अनुगमन गरेको हो । भवनको निरीक्षण गर्दै प्रमुख अधिकारीले एक वर्षको अवधिमा विद्यालयमा ठूलो परिवर्तन भएको जनाए । ‘वाउड्री बाल, खानेपानी लगायतका केहि समस्याहरु अझै रहेका छन् यसलाई नगरपालिकाले पुरा गर्छ’, उनले भने ।

पहिलेको तुलनामा विद्यालयका विद्यार्थीहरु दोब्बर भएकोमा खुसी व्यक्त गर्दै अभिभावकलाई सचेत गराउँदै शिक्षामा सुधार ल्याउनुपर्नेमा जोड दिए । अनुगमनका क्रममा सनसाईन सामाजिक संस्थाका सामाजिक अभियन्ता शिवलाल यादवले विद्यालयको अवस्था नाजुक देखिएकोले सहयोग गरेको बताए । विद्यालयमा करिब ५ वर्षदेखि नै सहयोग गर्र्दै आएको समेत उनले जनाए । अनुगमनका क्रममा सामुदायिक विद्यालयहरुमा भौतिक संरचनाको अभाव, शिक्षकहरुको लावरवाही र अभिभावकहरुले वेवास्ता कारण शिक्षामा गुणस्तरिय आउन नसकेको पाइएको छ ।

शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी, प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, सामाजिक शाखा देव भण्डारी, शिक्षा शाखा प्रमुख पूर्ण विक, सनसाईन सामाजिक संस्थाका सामाजिक अभियन्ता शिवलाल यादव, जानु पाण्डे लगायतले विद्यालयको अवस्थाबारे अनुगमन गरेका हुन् ।