
बर्दिया, १८ मंसिर । बर्दियामा सहकारीको अग्रसरतामा ५५ प्वाइन्ट रगत संकलन गरिएको छ ।
मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा बर्दियाको ठाकुरबाबा नगरपालिका–६ मा मंगलबार रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा बचतकर्ता, स्थानीय, सेना, प्रहरी र बिदेशी समेत गरि ६० जनाले सहभागिता जनाएका थिए ।
सहाकरीले गरेको पहिलो रक्तदान कार्यक्रममा ५५ प्वाइन्ट रगत संकलन भएको संस्थाका प्रबन्धक मदन थापाले जानकारी दिए । संकलित रकम नेपाल रेडक्रस सोसाइटी बर्दियामा बुझाइएको छ ।












प्रतिक्रिया