
कपिलवस्तु, १७ मंसिर । अपाङ्गता भएका व्यक्तिहरुले विभिन्न सेवा प्रदायक निकायहरु अपाङ्गमैत्री नभएको गुनासो गरेका छन् । २७ औ अपाङ्गता दिवसको अवसरमा कपिलवस्तुका विभिन्न ठाउँमा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले अपाङ्गता भएका व्यक्तिले सेवा लिदा धेरै समस्या खेप्नु परेको बताए ।
कपिलवस्तुको शिवराज नगरपालिका वालापुरमा भएको एक कार्यक्रममा वोल्दै स्थानीय मंगली खत्रीले स्थानीय निकायमा पनि सेवा लिन समस्या खेप्नु परेको दुखेसो पोखिन् । शिवराज नगरपालिकामा ४ सय ३८ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । जसमध्ये १ सय ८८ जना महिला र २ सय ५० जना पुरुष रहेको नगर उपप्रमुख शिवकुमारी थारुले वताईन् ।
शिवराज नगरपालिका भित्र रहेका सेवा प्रदाय संस्थाहरु पूर्ण रुपमा अपांगमैत्री बन्न नसकेको स्वीकार गर्दै धेरै कार्यलयहरु बाहालमा बस्ने भएको हुँदा यस्तो भएको वताईन् । शिवराज नगरपालिकाकाले यस क्षेत्रमा अपाङ्गता भएको व्यक्तिहरुलाई पर्ने समस्याहरु समाधानको लागी योजना सहित वजेट विनियोजन गरेको बताईन् । “गत वर्ष ह्वील चियर वितरण गर्यौ । यस वर्ष १० जना फरक क्षमता भएका किसोरीहरुलाई तालिम प्रदान गरिरहेका छौ” –उपप्रमुख थारुले भनिन् ।
दिवसको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिकाम अपाङ्ग विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरीएको छ भने महाराजगंज नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अपाङ्ग पुनः स्थापन शिवराजको आयोजनमा शैक्षिक समाग्री वितरण गरिएको हो ।
शिवराज नगरपालिका २ वालापुरमा भएको उक्त कार्यक्रममा ८ जना नेपाल आर्दश शिवपुरमा अध्यानरत दृष्टिविहिन विद्यार्थीहरुलाई रेडियो सेट वितरण गरिएको छ । त्यस्तै विभिन्न रुपमा अपाङ्गता भएका २२ जना आधारभुत तहमा अध्यानरत वालवालिकाहरुलाई शैक्षिक सामाग्रि वितरण गरिएको हो । दृष्टीविहिनहरुलाई रेडियो वाट अध्यान गर्न सकिने भएकोले सो रेडियो वितरण गरिएको आयोजक सस्था अपाङ्गता पुन स्थापना समिति शिवराज नगर अध्यक्ष दिपक खड्काले बताए ।












प्रतिक्रिया