
–मिना बुढाथोकी
सल्यान, १६ मंसिर । कर्णाली प्रदेशसभा सदस्य कौशिला खत्रीले कुनैपनि खालको हिंसाले समाजमा कसैको पनि भलो नहुने बताएकी छन् । हरेक हिंसाले समाजमा बिभेद, द्धन्द्ध ल्याउनुका साथै आपसी सद्भाव र सहकार्य पनि कमजोर बन्दै जाने उनको भनाई रहेको छ । ‘लैगिंक हिंसा र दुरब्यबहार, छैन हामीलाई स्वीकार्य’ भन्ने मुल नाराका साथ लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आईतबार जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
‘प्राय महिलाहरुले तिन कुरामा हिंसा भोगीरहेका हुन्छन उनले भनिन्, महिलाहरु अझैपनि मानसिक, समाजीक, आर्थिक हिंसा बाट पिडित भैरहेका छन जस्ले गर्दा परिवार, समाज र देशलाई नै नराम्रो प्रभाब पारि रहेको छ ।’ हिंसा कुनै बाहिरको ब्यक्ति बाट नभै आफन्त बाट नै हुनु दुर्भाग्यपुर्ण भएको बताउँदै उनले यसलाई न्युनिकण मात्र नभएर जरैदेखी अन्त्य गर्नु पर्नेमा उनको जोड थियो ।
कार्यक्रममा बोल्दै जिल्ला न्यायधिस मदन बहादुर धामीले पछिल्लो समय दैनिक रुपमा कुनै न कुनै किसिमको हिंसा हुने गरेको बताए।उनले शारिरीक, मानसिक, यौनजन्य, सामाजिक, आर्थिक रुपमा पनि हिंसा हुने गरेको जानकारी दिए । जिल्ला न्याधिस धामीले लैङ्गिक हिंसा सम्बन्धी कानुन बनेपनि सबैले आकांक्षा गरे अनुसारको लक्ष्य प्राप्त गर्न नसकेको बताए ।
प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले हिंसा हुनु भनेको कानुन उल्लंघन गर्ने कुरा भएकाले कानुन उल्लंघन गरेर अपराधको भागेदारी हुनु भन्दा पहिलेनै सजग हुनु राम्रो उपाय हुने उनले बताए । कुनैपनि खाले हिंसा न गर्न र हिंसा हुन नदिन सबै सचेत हुनु पर्नेमा उनको जोड थियो। लैङ्गिक हिंसा १६ दिन मात्र नभई ३ सय ६५ दिननै हुने गरेको भन्दै उनले हरेक दिन खबरदारी गर्नुपर्ने आवश्यकता रहेको बताए ।
अभियानका अवशरमा सरोकारवालाहरुले लैङ्गिक हिंसा विरुद्धको प्रतिबद्धता सहितको हस्ताक्षर संकलन समेत गरेका छन् । नोभेम्बर १५ देखि डिसेम्बर १० सम्म सन्चालन भैरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा जिल्लाका सरोकारवाला, संघ सस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु र बिभिन्न ब्यक्तिहरुले प्रतिबद्धता सहितको हस्ताक्षर संकलन गरेका हुन् ।
लैङ्गिक हिंसा र दुरव्यबहार छैन हामीलाई स्वीकार्य, महिला पुरुष बराबर, सम्मान ईज्जतको भागिदार नाराको ¥याली सहित उनिहरुले म हिंसा गर्दिन, हिंसा सहन्न, म हिंसा भएको देखेभने प्रतिबाद गर्छु भन्दै उनिहरुले प्रतिबद्धता सहित हस्ताक्षर संकलन गरेका हुन् ।
लैङ्गिक हिंसा न्युनिकरण होईन अन्त्य गर्ने भन्दै सदरमुकाम खलंगाको बसपार्कमा ¥याली, सडक नाटक र पन्चेबाजा सहतिको एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धता सहितको हस्ताक्षर संकलन गरेका हुन् । जिल्ला समन्वय समितिको प्रांगणबाट शुरु भएको ¥याली बजार परिक्रमा गर्दै पुन जिल्ला समन्वय समितिको हलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।












प्रतिक्रिया