२० कार्तिक २०८३, शुक्रबार

बस दुर्घटनामा दुईको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १५ मङ्सिर । बीरेन्द्रनगर नगरपालिका–१४ स्थित भे १ ख ८४९ नम्बरको बस दुर्घटना हुँदा शनिबार बेलुका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा लेकबसी नगरपालिका–८ गगनेपानी सुर्खेतकी ४० वर्षीया जानकी दर्लामी र सोही वडाकी २२ वर्षीया देउमाया वन्काटी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त घटनामा ५० जना घाइते भएकोमा १२ जनाको अवस्था गम्भीर रहेको छ । घाइते २५ जनालाई प्रदेश अस्पताल सुर्खेत र बाँकी माया नर्सिङ होम तथा देउती अस्पतालमा उपचार भइरहेको छ । जनजागृति युवा क्लबको टोली बोकेको बस वनभोज खाएर फर्कँदै गर्दा कटकुवा र कपासेको बीचमा दुर्घटना भएको थियो । सडकभन्दा १०० मिटर तल खसेको बसमा ५६ जना सवार रहेको बताइएको छ ।
प्रहरीका अनुसार दुर्घटना कसरी भएको भन्ने एकिन हुन सकेको छैन । –रासस