२० कार्तिक २०८३, शुक्रबार

कपिलवस्तुमा दुर्घटना न्युनीकरणका लागि टाइम कार्ड लागू

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कापिल्वस्तु, १४ मंसिर । कपिलवस्तुमा पछिल्लो समयमा सडक दुर्घटना बढेपछि टाइम कार्ड वितरण गरिएको छ। जिल्लाको कृष्णानगरमा पनि शुक्रबार दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले चालकहरू लाई टाइम कार्ड बाँडिएको हो ।

जिल्ला ट्राफिक कार्यालय प्रहरि निरिक्षक बाबुराजा पन्तले कृष्णानगर मा यात्रु बाहक बस, ट्रक र माइक्रो बस लाई टाइम कार्ड वितरण गरेका छन् । उनले ट्राफिक नियम को जानकारी गराउँदै चालकहरूलाई लापरबाहीका साथ सवारी साधन नचलाउन निर्देशनसमेत दिए ।

अब कृष्णानगरदेखि चन्द्रौटासम्मको यात्राका लागि ३० मिनेटको समय छुट्याइएको छ। साथै प्रत्येक युनिटमा चेक जाँच गरिने पनि उनले बताए । तोकिएको समय भन्दा पहिले पुग्ने सवारी साधनलाई ट्राफिक नियम उलंघन गरेअनुसार कारबाही गरिने पन्तले जानकारी दिए ।