२० कार्तिक २०८३, शुक्रबार

कारले पैदल यात्रुलाई ठक्कर दिदा १० जना घाइते

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  १३ मंसिर । काठमाडौंको न्यूरोड गेट नजिकै कारले पैदल यात्रुहरुलाई ठक्कर दिँदा १० जना घाइते भएका छन्।

बा १८ च ४८७३ नम्बरको कारले पैदल यात्रुहरुको समूहमा ठक्कर दिँदा १० जना पैदल यात्रु घाइते भएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार गाडी अनियन्त्रित भई पैदल हिँडिरहेका मानिसहरुकाे समूहलार्इ ठक्कर दिएको थियो। घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ।