२० कार्तिक २०८३, शुक्रबार

ट्रेड युनियन महासंघ नेपाललाई पूर्णता

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का संयोजक हिक्मत जंग भण्डारीको सिफारिसमा महासंघको केन्द्रीय कार्य समितिलाई पूर्णता दिएका छन् ।

समितिलाई पूर्णता दिने क्रममा अध्यक्ष थापाले आम मजदुरहरुको छाता संगठन टुकोनको केन्द्रीय कार्यसमितिको पूर्णताले पार्टीद्वारा घोषित सम्पूर्ण कार्यक्रमहरु सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । मजदुरहरुको हक अधिकार स्थापित गर्नको लागि नवगठित समिति सक्रिय रहने अध्यक्ष थापाले विश्वास व्यक्त गरे ।

समितिमा एक सदस्य सचिव लगायत ४६ सदस्य र तीनजना सल्लाहकार रहेका छन् ।