२० कार्तिक २०८३, शुक्रबार

सभामुख महरासँग उत्तरकोरियाली राजदूत किमको बिदाई भेट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित उत्तर कोरियाली राजदूत किम योङ हाकले बिदाई भेट गरेका छन्   । अाफ्नो ४ वर्षे कार्यकाल पूरा गरी उत्तर कोरिया फर्किन थाल्नुभएका राजदूत हाकले सोमबार सभामुखको कार्यकक्ष सिंहदरबारमा बिदाई भेट गरेका हुन् ।

भेटमा दुई देशबीचको सम्बन्ध, नेपाल बसाइको क्रममा भएका उपलब्धि, आफ्नो आपसी सहयोग, सहकार्य र संसदीयमैत्री समूह गठनलगायतका विषयमा छलफल भएको थियो । भेटमा सभामुख महराले नेपालको चार वर्षे कार्यकाल सफल रुपमा बिताएकोमा राजदूत हाकको प्रशंसा गरे । कोरियाली प्रायद्वीपमा पछिल्लो चरण भएको शान्तिपूर्ण कदमको प्रशंसा गर्दै सभामुख महराले विश्वशान्तिका लागि उक्त परिघटना ठूलो भएको बताए।

सभामुख महराले नेपाल–कोरिया संसदीयमैत्री समूह छिट्टै गठन गर्ने बताउदै मैत्री समूह गठनले दुई देशको सम्बन्ध बिस्तारका थप योगदान हुनुका साथै एक–अर्काको अनुभव आदानप्रदानमा पनि महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे । भेटका क्रममा राजदूत हाकले आफू नेपालमा ४ वर्ष ९ महिना पूर्णतः सफलतापूर्वक बिताएको बताउँदै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेकोमा सभामुखसहित सबै नेपालीलाई धन्यवाद व्यक्त गरे।

‘मैले यहाँ ४ वर्ष ९ महिना बिताएँ’, राजदूत हाकले सभामुख महरालाई उत्तरकोरिया आउन आग्रह गर्दै भने, ‘म सन्तुष्ट भएर फर्किदैछु, अर्को भेटमा तपाईंलाई म कोरियामा स्वागत गर्न पाउँछु भन्ने आशा लिएको छु ।’ उत्तरकोरियाले कोरिया–नेपाल संसदीयमैत्री समूह गठन गरिसकेको जानकारी गराउदै नेपालले पनि छिट्टै संसदीयमैत्री गठन गर्ने आशा व्यक्त गरे ।