२० कार्तिक २०८३, शुक्रबार

निर्धक्क भएर कलम चलाउन पत्रकारलाई आग्रह

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-मिना बुढाथोकी

सल्यान, ९ मंसिर । पत्रकार र पत्रकारिता जगतले सत्य, तथ्य र निष्पक्षतालाई अक्षुण राखी काम गर्नु पर्ने सल्यानमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

समाजका भएका र राज्यबाट भएका हरेक सूचनाहरुलाई निर्धक्क भएर कलम चलाउन पत्रकारलाई वक्ताहरुले आग्रह गरेका छन् । आधुनिक प्रविधिको विकाससँगै पत्रकारितामा केही विकृति पनि मौलाएको भन्दै पत्रकारिताको मर्म र भावनालाई अंगालेर पत्रकारिता जगतमा कलम चलाउन पत्रकारलाई आग्रह गरेका छन् ।

कपुरकोटमा आयोजित नेपाल पत्रकार महासंघ सल्यानको चौथो साधारण सभामा बोल्ने वक्ताहरुले समाजका कुनाकन्दराहरुका आवाज राज्यसम्म पु¥याउन पहल गर्नु पर्ने बताए । राज्यलाई जनताप्रति उत्तरदायी बनाउन पत्रकारहरुको ठूलो भूमिका हुने भएकाले सत्य तथ्य र निष्पक्षतालाई अंगिकार गरी अघि बढनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर विष्टले देशका ठूला ठूला परिवर्तनमा पत्रकारहरुको अहम भूमिका भएकाले निडर र जनताको पक्षमा वकालत गरी रहन आग्रह गरे । पछिल्लो समय पत्रपत्रिका पढ्ने, रेडियो सुन्ने संस्कार हराउदै गएकाले जनताका अभिरुची विषय र खोजमुलक सूचना सम्प्रेषण जोड दिनु पर्ने बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य टेकराज शाहीले स्थानीय स्तरमा भएका विकास निमार्णका काम र सुुशासनका पक्षमा कलम चलाउन आग्रह गरे । पत्रकारहरु कसैको प्रभाव र दवावमा नपरिकन पत्रकारिताको धर्म र मर्मलाई पारदर्शी ढंगले अघि बढन् आग्रह गरे । मुलुकी आचारअसंहिताको नाममा प्रेसमाथि अंकुश लगाउने प्रयास भएपनि खोजमुलक र अनुसन्धानमुलक पत्रकारितालाई अघि बढाउनु पर्ने बताए ।

यस्तै कपुरकोट गाउँपालिका अध्यक्ष भीम बहादुर सेनले समाजमा भएका सूचनाहरुलाई उजागर गर्नुु पत्रकारहरुको जिम्मेवारी भएको बताउदै स्थानीय तहलाई पारदर्शी र उत्तरदायी बनाउन भूमिका खेल्न आग्रह गरे ।

दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले समाज परिवर्तनको संवाहकको रुपमा रहेको पत्रकार जगतले जनता र राज्यबिच पुलको काम गर्नु पर्नेमा जोड दिए ।