
काठमाडौं, ७ मंसिर । नेपाली कांग्रेसले विवादित ‘द एसिया प्यासिफिक समिट २०१८’ मा सरकारले सहसंयोजना गरेको प्रति आपत्ति प्रकट गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार पत्रकार सम्मेलन गरी युनिर्भसल पिस फेडरेसनको नेपाल शाखाले मंसिर १४ देखि १७ गतेसम्म गर्न लागेको कार्यक्रममा सरकार नै सहसंयोजक बन्न लागेकोप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । क्रिश्चियन धर्म विस्तारका लागि स्थापना सो संस्थाले प्रधानमन्त्रीसमेतको उपस्थितिमा कार्यक्रम गर्न लागेको छ ।
कांग्रेसले निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पत्ता लगाई कारबाही गर्न तर्फ सरकारको ध्यान नगएको तर विदेशी आईएनजीओका कार्यक्रममा भने सरकार नै सह संयोजनक हुने लज्जानजनक भनेको छ ।
निश्चित धर्म प्रचारका लागि समेत सम्मेलन हुन लागेको सुन्न आएको भन्दै शर्माले मुलुक धर्मनिरपेक्ष भएको नविर्सन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।












प्रतिक्रिया