२० कार्तिक २०८३, शुक्रबार

पूर्वप्रधानन्यायाधीश गिरीको निधन, शोकमा आइतबार देशभरका अदालत बन्द रहने

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ मङ्सिर । पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको ७५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

विसं २००१ वैशाख २५ गते महोत्तरी जिल्लामा जन्मनुभएका पूर्वप्रधानन्यायाधीश गिरीले २०२५ साल साउन ३० मा न्यायसेवामा प्रवेश गर्नुभएको थियो । उहाँ जिल्ला अदालत, तत्कालीन पुनरोवदन अदालत हुँदै २०६४ वैशाख असोज १८ मा प्रधानन्यायाधीश हुनुभएको थियो ।

सर्वोच्च अदालतले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी पूर्वप्रधानान्यायाधीश गिरीको निधनप्रति शोक व्यक्त गरेको छ । उहाँको निधनले न्यायालयलाई निकै मर्माहत बनाएको उल्लेख छ ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा रहँदा उहाँको न्यायालयको श्रीवृद्धिमा उल्लेखनीय योगदान रहेको थियो । सर्वोच्च अदालतमा शुक्रबार बसेको आकस्मिक पूर्ण बैठकले यही मङ्सिर ९ गते आइतबार देशभरका सबै अदालत तथा न्यायाधीकरणहरु शोक बिदाका रुपमा बन्द गर्ने निर्णय गरेको छ । –रासस