
काठमाडौं , ६ मंसिर । ताहचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागबाट ३ जना विचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
श्रम स्विकृतिका लागि आउने सेवाग्राहीलाई हैरानी दिने तथा काम छिटो छरीतो गरीदिन्छु भनि सेवा ग्राहिलाई प्रलोभनमा पारि दु:ख दिने गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कालिमाटीका सुरेन्द्र पाचकोटी, कालिमाटी बस्ने धादिङका सुजन लामा र सोल्टीमोड बस्ने सर्लाही लालबन्दीका निर्मल तामाङलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जानकारी दिएको छ ।












प्रतिक्रिया