२० कार्तिक २०८३, शुक्रबार

तीन महिनाको तलब भत्ता विद्यालयलाई दिए यी नगरप्रमुखले

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया ५ मंसिर । बर्दियाको मधुवन नगरपालिकाका नगरप्रमुख गणेश बहादुर क्षेत्रीले शिक्षाको गुणस्तर सुधार गर्ने भन्दै आफ्नो तलब भत्ताबाट विद्यालयलाई सहयोग गरेका छन् ।

नगर प्रमुख भएबापत राज्यले दिने सेवा सुविधा सामाजिक सेवामा लगाउने घोषणा गरेका क्षेत्रीले तलब भत्ताको रकमले सहयोग प्रदान गर्न थालेका हुन । नगरप्रमुख क्षेत्रीले “राजनीति जनताका लागि गर्ने हो पैसा कमाउनका लागि होइन” भन्ने उदाहरण देखाउँदै आफ्नो सबै तलब भत्ता जनतालाई बाँड्न थालेको बताएका छन् ।

नगरप्रमुख क्षेत्रीले मधुवन नगरपालिका १ सुर्यपटुवा अन्र्तगत त्रिभुवन माध्यमिक विधालयलाई ३ महिनाको तलब एक लाख पाँच हजार सहयोग गरेका छन् । होटल ब्यावस्थापन कक्षा संचालन र भौतिक पुर्वधार बिकास लागि आयोजित श्रीमद् भागवत धन धान्याञ्चल सप्ताह ज्ञान माहयज्ञ तथा शैक्षिक महोत्सवमा उनले सो रकम सहयोग गरेका हुन् । उनी भन्छन्, “यहाँबाट नै आफ्नो सामाजिक कार्यको शुरुवात गरेको छु ।”

क्षेत्रीले यस अघि १ महिना बराबरको तलब विरामीको उपचारका लागि खर्च गरेका छन् । प्रत्येक वडामा प्रबिधिक कक्षा संचालनार्थ र भौतिक अवस्था कमजोर रहेका बिद्यालयलाई सहयोग गर्ने उद्देश्य लिएको बताउँदै क्षेत्रीले आफ्नो तलब रकम सबै जनताकै करको रकम भएकाले जनतालाई नै सहयोग गर्ने बताए ।