
काठमाडौं, ४ मंसिर । ठगी मुद्दाका फरार प्रतिवादी भक्तपुर सिपाडोलका सरोज तामाङलाई प्रहरीले काठमाडौंको सुन्दरीजलबाट पक्राउ गरेको छ ।
भक्तपुर जिल्ला अदालतको २०७२ बैशाख ६ गतेको फैसलाले तामाङलाई ५ लाख २५ हजार रूपैयाँ जरीवाना र ६ महिना कैद हुने ठहर गरेको थियो ।
प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेश गरेको छ । उनलाई कैद भुक्तानको लागि मंगलबार कारागार कार्यालय डिल्लीबजारमा पठाईएको छ ।












प्रतिक्रिया