
काठमाडौं , ३ मंसिर । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डौ चन्द्रागिरी नगरपालीका २ नागढुंगा चेकपोष्टमा धनगढीबाट काठमाण्डौ आउदै गरेको ना.६ ख ७९०० नम्बरको बसमा सवार धादिङका २० वर्षका बुद्धि तामाङ र कञ्चनपुरका १९ वर्षका बिजय कुवँरको साथबाट नाइट्रोजेपाम ३३२ एम्पुल सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।












प्रतिक्रिया