कावासोती, ४ मंसिर । नवलपुरको गैंडाकोटमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् ।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत गैंडाकोटको खत्रिफिड नजिकै दुई वटा सवारी साधन एकआपसमा ठक्कर खाँदा लमजुङ घर भएकी लुरी सार्कीको मृत्यु भएको हो ।
गैंडाकोटको सडक दस्तुर लिने ढाट नजिकै एचआर ३८ यु ९७८१ नम्बरको भारतीय कन्टेनरले ना ३ च ८४१५ नम्बरको बोलेरो जिपलाई ठक्कर दिदा ४ जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जना सामान्य उपचारपछि घर फर्किएका छन् । अन्य ३ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
बरौली टोलस्थित भित्री सडकखण्डमा लु ४० प २३३३ नम्बरको मोटरसाइल र ना २३ प ७८७१ नम्बरको अर्को मोटरसाईकल एक आपसमा ठक्कर खादा ३ जना गम्भीर घाइते भएका छन् ।












प्रतिक्रिया