
हेटौंडा, ३ मंसिर । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशिल ज्ञवालीसँग पुनर्निर्माणका बिषयमा जानकारी लिएका छन् ।
सोमबार काठमाडौँमा मुख्यमन्त्री पौडेल र सिईओ ज्ञवालीबीच भएको भेटवार्तामा पुनर्निर्माणमा भईरहेको प्रगतिका बिषयमा कुराकानी भएको थियो ।
मुख्यमन्त्री पौडेलले भूकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य चौकीहरुको पुनर्निर्माण तीब्र गतिमा गर्नुपर्ने बताए । त्यसैगरी जाडो महिना सुरु भईसकेको भन्दै मुख्यमन्त्री पौडेलले भूकम्पपीडित परिवारलाई यथाशिघ्र घर निर्माण गरी पुनर्बासको व्यवस्था गर्न आग्रह समेत गरे ।
छिटो भन्दा छिटो भूकम्पबाट पीडित भएकाहरुको उचित व्यवस्थापन गर्न प्रदेश सरकारले पनि सहयोग गर्ने मुख्यमन्त्री पौडेलले बताए । सिईओ ज्ञवालीले सकेसम्म कामलाई तीब्रता दिन लागिपरेको बताए । बढिभन्दा बढि लाभग्राहीहरुलाई पुनःस्थापना गराउन प्राधिकरणले कोसिस जारी राखेको पनि उनको भनाई थियो ।
प्रदेश सरकारले भूकम्पबाट ध्वस्त विद्यालयको भौतिक संरचना पुनर्निर्माण दुई बर्षभित्र सम्पन्न गर्न संघीय सरकार र स्थानीय सरकारसँग समन्वय गर्ने नीति तथा कार्यक्रममा उल्लेख समेत गरेको छ ।












प्रतिक्रिया