२० कार्तिक २०८३, शुक्रबार

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ मंसिर । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मुलगेटबाट एपीएफ टोलीले आइतबार करीब २ ग्राम ब्राउन सुगर जस्तो देखिने धुलोसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जिल्लाको जितपुर उपमहानगरपालिका–७ बस्ने २४ वर्षिय संजयकुमार खनाल र सोही उपमहानगरपालिका १२ बस्ने २३ वर्षिय पप्पुकुमार साह छन् ।

सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वाटर पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले ना २१ प ४२६३ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा लागूऔषध फेला परेपछि मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी इनरुवामा बुझाएको छ ।

यसैबीच, सर्लाही जिल्लाको बरहथवा नगरपालिका–७ बाट कार्तिक सोमबार एपीएफ टोलीले करीव १ लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल गण हेक्वाटर सर्लाही नम्बर १० गणबाट सशस्त्र प्रहरी उपरीक्षक समरबहादुर श्रेष्ठको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएको छ ।