२० कार्तिक २०८३, शुक्रबार

प्रकाशको स्मृतिमा चितवनमा १ सय ३ जनाद्धारा रक्तदान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३ मंसिर । स्व. प्रकाश दाहाल (साकार) को प्रथम स्मृति दिवस चितवनमा विशेष रुपमा मनाइएको छ ।

तत्कालीन माओवादी केन्द्र र एमाले निकट ४ संस्था मिलेर चितवनमा प्रकाश दाहाल स्मृति प्रथम खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा १२ जना महिलासहित १ सय ३ जनाले रक्तदान गरेको अखिल क्रान्तिकारीका केन्द्रिय सचिव प्रकाश कडेँलले जानकारी दिए ।

नेपाली राजनिति फरक पहिचान बनाएका प्रकाशले देखेको सपना अनुसार पार्टी एक भएपछि आफूहरु सबै एकजुट हुदै कार्यक्रम गर्न पाउदा आफूहरु प्रकाशले देखेका बाटो अनुसार अगाडी बढ्ने प्रतिक्रिया दिएका थिए ।

वाईसीएल, युवा संघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी चितवनद्वारा संयुक्तरूपमा लायन्सचोक नारायणगढमा रक्तदान कार्यक्रम आयोजना गरेका थिए ।