२० कार्तिक २०८३, शुक्रबार

बर्दियामा बसको ठक्करबाट किशोरीको मृत्यु

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, ३ मंसिर । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बर्दियाको भुरिगाउँ बजार नजिकै बसको ठक्करबाट एकजना किशोरीको घटनास्थलमै मृत्यु भएको छ ।

कालिकोटबाट कैलालीको टीकापुरतर्फ जाँदै गरेको ना ४ ख ५३७५ नम्बरको बसको ठक्करबाट बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं ६ बकुवाकी १४ वर्षीया किशोरी निर्मला चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय भरिगाउँले जनाएको छ ।

चौधरी साइकलमा चढेर कोचिङ्ग कक्षा पढन भुरिगाउँ बजारतर्फ गइरहेकी थिइन । दुर्घटना सोमबार बिहान करिव ७ बजे भएको प्रहरीले जनाएको छ । चौधरी भुरिगाउँको भेरी पव्लिक शिक्षालयमा कक्षा ९ मा पढ्दै आएकी थिइन् ।

ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक प्रदीपकुमार डिसीले जानकारी दिए ।