२० कार्तिक २०८३, शुक्रबार

जनसंघर्षका कार्यक्रमलाई सफल बनाउने राप्रपाको निर्णय

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन ७ गतेबाट सञ्चालन हुने जनसंघर्षका कार्यक्रमलाई सफल बनाउने निर्णय गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संयोजित संगठन विभागको आयोजनामा पार्टीका केन्द्रीय सदस्य, सबै विभागका पदाधिकारी र जनवर्गीय संगठनका पदाधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

विभागका प्रमुख सुशिल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले पार्टीले आगामी फागुन ७ गतेबाट सुरु गर्ने जनसंघर्षको कार्यक्रमको तयारीका लागि यही मंसिर ७ गते हुने उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सफल पार्न जनवर्गीय संगठन, विभाग तथा उपत्यकाका तीनवटै जिल्ला कार्य समितिलाई जिम्मेवारी प्रदान गरेको छ ।