११ कार्तिक २०८३, बुधबार

सहकारी बैंक बागलुङ शाखाको त्रैमासिक समिक्षा सम्पन्न

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २८ कात्तिक । राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय बागलुङको आर्थिक वर्ष २०७५/०७६ को पहिलो त्रैमासिक समिक्षा कार्यक्रम बुधवार सम्पन्न भएको छ ।

बैंकका सञ्चालक रामबहादुर जिसीको अध्यक्षतामा सम्पन्न समिक्षा कार्यक्रममा शाखा प्रमुख शैली खड्काले शाखाको चालु आर्थिक वर्षको ३ महिनाको समग्र अवस्था बारेमा जानकारी गराएका थिए ।

राष्टिय सहकारी बैंकको दोस्रो शाखाका रुपमा २०६५ साल मंसिर २६ गते स्थापना भएको बागलुङ शाखामा हाल २ सय ५० वटा सहकारी संघ संस्था सदस्य रहेको, १ करोड शेयर रकम, ३० करोड बचत र १५ करोड लगानी रहेको शाखा प्रमुख खड्काले जानकारी दिए ।

सहकारी संघ संस्थाहरुको प्रवद्र्धनका लागि स्थापित सहकारी बैंकको १५ वार्षिक साधारणसभा आगामी पुस २१ र २२ गते काठमाडौमा हुने भएको छ ।