२१ कार्तिक २०८३, शनिबार

कारको ठक्करबाट साइकलयात्रीको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, २७ कात्तिक । सिराहा धनगढीमाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट आज एक जना साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरहा गोलबजार नगरपालिका–६ का ४० वर्षीय किसुनदेव सिंह दनुवार रहेको प्रहरीले जनाएको छ । बा।२०च ५६५२ नंको कारको ठक्करबाट गम्भीर घाइते भएका दनुवारलाई उपचारका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । –रासस