११ कार्तिक २०८३, बुधबार

विराटनगर भन्सारमा १० अर्ब राजश्व सङ्कलन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २७ कात्तिक । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/७६ को चालू तीन महीनामा कूल रु १० अर्ब पाँच करोड २८ लाख ३४ हजार राजश्व सङ्कलन गरेको छ ।

सो अवधिमा कार्यालयले रु नौ अर्ब ३५ करोड ७० लाख २२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ६९ करोड ५८ लाख १२ हजार राजश्व सङ्कलन भएको भन्सार प्रमुख निमांस अधिकारीले जानकारी दिनुभयो ।

सङ्कलित राजश्वमा भन्सार महशुल रु चार अर्ब १३ करोड ५८ लाख ५० हजार, मूल्य अभिवृद्धि कर रु पाँच अर्ब २२ करोड ३८ लाख ३९ हजार र अन्तःशुल्क रु ६९ करोड ३१ लाख ४५ हजार छन् ।

चालू आवको साउन, भदौ र असोज महीनामा भन्सार महशुल रु चार अर्ब दुई करोड ७६ लाख ९७ हजार, मूल्य अभिवृद्धि कर रु तीन अर्ब ९६ करोड सात लाख ५८ हजार र अन्तः शुल्क रु एक अर्ब ३६ करोड ८५ लाख ६७ हजार सङ्कलन गर्ने लक्ष्य रहेकामा भन्सार महशुल रु चार अर्ब १३ करोड ६८ लाख ५० हजार, मूल्य अभिवृद्धि कर रु पाँच अर्ब २२ करोड ३८ लाख ३९ हजार र अन्तः शुल्क रु ६९ करोड ३१ लाख ४५ हजार राजश्व सङ्कलन भएको भन्सार प्रमुख अधिकारीले जानकारी दिनुभयो । –रासस