२१ कार्तिक २०८३, शनिबार

क्रान्तिकारी माओवादीले पनि दियाे नेपाल संवतको शुभकामना

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले नेपाल संवत् ११३९ को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेको छ ।

उक्त पार्टीका महासचिव मोहन वैद्यले आज एक शुभकामना सन्देश जारी गरी देशको नामबाट संवत्को नाम राखिनु अत्यन्तै गौरवको विषय भएको बताउनुभयो । नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाःबाट उठाइएको राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र उत्पीडित वर्ग, जाति तथा समुदायको मुक्ति अभियान पूरा गर्नेतर्फ सबै लाग्नुपर्नेमा वैद्यले जोड दिनुभएको छ ।

शुभकामना सन्देशमा उहाँले सबै उत्पीडित समुदाय र श्रमजीवी वर्गको स्वतन्त्रता, मुक्ति र देशको सर्वभौमिकताको अभियान अझै सशक्त रुपमा अगाडि बढाउनका लागि जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । –रासस