२१ कार्तिक २०८३, शनिबार

भुटानका प्रधानमन्त्रीलाई नेपालका प्रधानमन्त्रीको शुभकामना

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ कात्तिक ।  प्रधानमन्त्री केपी शर्मा ओलीले डा लोते छिरिङलाई उहाँले भुटानको प्रधानमन्त्रीको उच्च पद सम्हाल्नुभएकोमा शुभकामना व्यक्त गर्नुभएको छ । 

परराष्ट्र मन्त्रालयद्वारा आज प्रकाशित विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीले आज पठाउनुभएको सन्देशमा प्रधानमन्त्री छिरिङको सफल कार्यकालको कामना पनि गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध अझ बढी मजबुत बनाउन निकटमा रहेर कार्य गर्ने तथा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मन्चहरुमा साझा सवाललाई अघि बढाउने चाहना पनि व्यक्त गर्र्नु भएको छ । –रासस