२१ कार्तिक २०८३, शनिबार

परराष्ट्रमन्त्री ज्ञवालीले ‘मुसामसाल’ सार्वजनिक गरे

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौ, २१ कार्तिक । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको पर्यटन प्रवर्द्धनमा शेर्पा जातिले अग्रणी भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका छन् । पर्यटन क्षेत्रको कुरा गर्दा सगरमाथा नमुनाको रुपमा रहेको र त्यसमा शेर्पा जातिको सहासिक भूमिकाले थप टेवा पु¥याएको उल्लेख गरे ।

हिमालयन योक्पू फाउन्डेशन र मुसामसलाद्धारा आयोजित पुस्तक ‘मुसामसला’ को विमोचन कार्यक्रममा मन्त्री ज्ञवालीले पर्यटन प्रबद्र्धनका माध्यमबाट राज्यलाई समृद्धीतर्फ अग्रसर गराउन सरकार एकमता भएर लागि परेको जनाए । मुसामसला अमेरिकन नागरिकहरुद्धारा लिखित पुस्तक हो । सगरमाथा आधार शिविरसम्मको यात्राको क्रममा देखिएका दृश्यहरुलाई यात्रा संस्मरणको रुपमा लेखिएको पुस्तक विक्रीबाट प्राप्त रकम वाङछु शेर्पा मेमोरियल अस्पताल निर्माणमा खर्चिने जनाएको छ ।

कार्यक्रममा ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने सांसद यज्ञराज सुनुवारले पर्यटन व्यवसायी वाङछु शेर्पाको योगदानको चर्चा गरे । त्यस्तै, सोलदुधकुण्ड नगरपालिकाका नगर प्रमुख नाग्यालजाङबु शेर्पाले सोलुखुम्बुको विकासमा वाङछु शेर्पाको भूमिकाको प्रशंसा गरे । उनले वाङछु शेर्पाकै कारण हाल आफूले नेतृत्व गरेको नगर क्षेत्रको समृद्धीमा विशेष टेवा पुगेको स्मरण गरे ।

त्यस्तै, टाप्टिङका वडाअध्यक्ष मिङमार छिरी शेर्पाले वाङछु शेर्पा विकास र भिजनका धरोहर भएको भन्दै उनले देखाएको पथमा अघि बढेर बाँकी सपना साकार पार्न सबैले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे । वडाअध्यक्ष शेर्पाले वाङछु शेर्पा मेमोरियल अस्पताल निर्माण पछि दुर्गम क्षेत्रको जनताले स्वास्थ्य समस्या खेप्न नपर्ने विश्वास व्यक्त गरे ।