२१ कार्तिक २०८३, शनिबार

पत्रकारहरुलाई मन्त्री र पूर्वमन्त्रीको सुभाव : नेता भन्दा जनताप्रति उत्तरदायी बन्नुस्

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-मिना बुढाथोकी

सल्यान, १८ कार्तिक । सल्यानका मन्त्री र पूर्वमन्त्रीहरुले पत्रकार र संंचारमाध्यमहरुलाई नेताहरुप्रति नभई जनताप्रति उत्तरदायी बन्न सुभाव दिएका छन् । नेपाल पत्रकार महासंघ सल्यान शाखाले गरेको नागरिकको नजरमा पत्रकार र संचारमाध्यम विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरुले पत्रकारहरु जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए ।

पूर्व सामान्य प्रशासन मन्त्री तथा सल्यानका प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेतले पत्रकार र संचारमाध्यमहरु गाउँका कुना कन्दराका जनताको बोली प्रस्फुटन गराउँदै समाज र राज्यप्रति जवाफदेही बन्नुपर्ने बताए । पूर्वमन्त्री बस्नेतले पत्रकार राज्यको चौथो अंग भएकाले जनताप्रति जवाफदेही बन्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘अहिले मिडियाको तीव्रतर विकास हुँदै आइरहेको छ । मिडियाको विकास सँगसँगै विकृतिहरू पनि मौलाउँदै गइरहेका छन् । त्यसप्रकारका विकृति विसंगतिलाई त्याग्दै आवाजविहीनहरूको आवाज बन्न पत्रकार आवश्यक छ ।’ छापा मिडियाको भन्दा अनलाइन मिडियाहरूले बढी विकृति फैलाएको बताउँदै बस्नेतले नेपालको संविधान र पत्रकार आचारसहिंताभित्र रहेर काम गर्न आग्रह गरे ।

यस्तै, कर्णाली प्रदेशका योजना तथा आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले खोजमूलक पत्रकारिताका माध्यमबाट राज्यको पहुँचबाट वञ्चित वर्गको आवाजलाई सम्बोधन गर्न अपिल गरे । पत्रकार र न्यायलय स्वतन्त्र भएकाले समाजको वास्तविकतालाई सम्बोधन गर्नुपर्ने बताए । सूचनालाई दुरुपयोग नगरी सत्यतथ्य सूचना प्रकाशन प्रशारण गर्न उनले आग्रह गरे ।

सल्यानबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका अर्का सांंसद गुलावजंग शाहले पत्रकारहरुलाई समाचार लेख्दा न्यूनतम मर्यादा र आचारसंहिता भन्दा बाहिर जान नहुने बताए । पत्रकारहरुले कुनै विषयको उठान गरेर विचमै छोड्न नहुनेमा उनले जोड दिए ।

कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका नागरिकहरुले पत्रकार तथा संचार माध्यमहरुलाई सुझाव तथा प्रश्नहरु राखेका थिए भने नेपाल पत्रकार महासंघकी केन्द्रिय सचिव लक्ष्मी पुनले कार्यक्रमबारे जवाफ दिईन ।