२१ कार्तिक २०८३, शनिबार

उपराष्ट्रपति पुनको जलपान भोली

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १८ कार्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, छठ एवम् नेपाल संवत् ११३९ को अवसरमा सोमबार (भोली) दिउँसो शुभकामना आदन प्रदान तथा जलपान समारोह आयोजना गरेका छन् । उपराष्ट्रपतिको कार्यालय, बहादुर भवनमा आयोजना हुने जलपान सोमबार दिउँसो साढे २ बजे सुरु हुनेछ ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश ओमप्रकाश मिश्र, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीना लगायत उच्च पदाधिकारीलाई आमन्त्रण गरिएको छ ।

समारोहमा पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, प्रदेश प्रमुखहरु, राजनीतिक दलका नेताहरु, संवैधानिक अंगका प्रमुखहरु, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरु, प्रदेश सभा सदस्यहरु, कुटनीतिक नियोगका प्रतिनिधि, सरकारका उच्च पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, उद्योग व्यवसायी, मानवअधिकारकर्मी, कालकार, पत्रकार लगायतलाई आमन्त्रण गरिएको उपराष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।

उपराष्ट्रपतिले यस अघि कात्तिक १६ गते जलपान समारोहको आयोजना गर्ने तयारी गरेका थिए । त्यहि दिन नेपाली कांग्रेसले पनि जलपान कार्यक्रम आयोजना गरेपछि उपराष्ट्रपतिको जलपान समारोह सोमबारका लागि सारिएको थियो ।